|
w w w . p r a d e e p t h
a p a . o r g
|
|
FROM MY HEART TO YOUR HEART®
|
HOME |
eEyeCam |
iLoveMyWorld |
PROFILE |
Books |
Articles |
VOICE OF SOUL |
FEEDBACK |
सम्झनाका तरेलीहरुमा भाई टीका
दश बर्ष पछि,
पोहर साल म फेरी आफू जन्मेको त्यो गाउँ पुगें,
पहाडको त्यो गाउँबाट हाम्रो परिवार बेशी झरेको पनि दुई दशक भई सक्यो,
अब म जन्मेको घर, घर रहेन, एउटा भग्नाबशेस् मात्र बन्न पुगेको छ ।
तैपनि त्यही सयपत्री र गूड्धौली फूलहरुको याद गर्दै,
बाल्यकालमा खेलेको धुलउटीको स्मरण गर्दै,
म मेरो जीबनका पहिलो पाइलाहरुको डोभहरु खोज्दै र पछ्याउँदै,
फेरी रानी बनको त्यो छेउमा पुगें ।
रानी बनको छेवैमा रहेको मेरो त्यो प्यारो घर
जहाँ म जन्मिएँ, हुर्किएँ
जहाँ हर तिहार मेरी दिदी भाईटीकामा मलाई निधारमा सप्तरङ्गी टीका लगाइ
दिन आउँथिन् ।
आङ्गनको वोरीपरी जब सयपत्री र गूड्धौली फूलहरु ढकमक्क फुल्न
थाल्थ्यो-
म भाईटीकाको मिठो सपना देख्दै,
दिदीले लगाइदिने नयाँ ढाका टोपी र
मिठो सेल रोटीको कल्पना गर्दै,
दिदीको अधैर्य प्रतिक्षामा हुन्थें ।
समयले कस्तो कोल्टे फेर्दो रहेछ-
दिदीको हातको टीका नथापेको पनि
दश बर्ष नाघेछ
जीबनको अर्थ खोज्दा खोज्दै,
परदेशमा बरालिँदा बरालिदै
पत्तै भएन दिदीसँग कति टाढा हुन पुगिएछ ।
मलाई याद छ,
दिदीले भाईटीकामा परदेशमा रहेका दाजुको नाममा
घरको मुल ढोकासँगैको भित्तामा
दाजुको नाममा टीका लगाइदिनु हुन्थ्यो
र,
म अहिले भाब बिह्वल हुँदै सोच्दैछु,
मेरी दिदीले त्यसरी नै मलाई पनि उनको घरको भित्तामा
टीका थमाइ दिएकी होलिन् मेरो अनुपास्थितीमा !
कस्तो नाता यो भाईटीकाको !
जति समय दिदी-भाइ, दाजु-बहिनीको बिछोड भए पनि
सम्झनाका तरेलीहरुमा
भाईटीकाको मोहकता र दिदीको स्नेहले छोड्दै नछोड्ने ।
तर,
अहो!
यसपालीको भाईटीकामा
दश बर्षपछि,
फेरी मेरो निधार सप्तरङ्गी टीकाले रङ्गिने भएको छ,
नेपालबाट भर्खरै आएकी
एउटी सानी बहिनीले
मलाई आफ्नो दाजु मानेर भाईटीका लगाइदिने भएकिछिन्,
म खुशीले दङ्ग र फुरुङ्ग भएको छु,
फेरी गाउँको सयपत्री र गूड्धौली फूलहरुको याद झल्झली भएर आएकोछ,
फेरी मेरी दिदीको हातबाट टीका थाप्दाको त्यो अबिस्मरणीय क्षण मनमा
बल्झेको छ,
र, म यतिखेर-
फेरी भाईटीकाको त्यो दिनको अधैर्य प्रतिक्षामा पर्खि बसेकोछु ।
September 2008, NJ,
USA
All poems are from-'From My Heart to Your Heart'
© Prathaa Magar (Pradeep
Thapa)
Return to
index of poetry
|
|
Books
by
Pradeep Thapa Magar |
|

ISBN
99933-534-1-0
|

ISBN
99933-534-2-6
|

ISBN
99933-534-4-2
|

ISBN
99933-534-3-4
|

ISBN
99933-534-5-0
|

ISBN
99933-534-0-X
|

ISBN:
99933-534-6-9
|
|
Terms
of Use |
Privacy
Policy |
Copyright/IP Policy |
Links |
Sitemap
2006-2011
PradeepThapa.Org.
All Rights Reserved. Hosted by
NepalDirectory.Org;
Developed by
NeEyeElements® |